६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

कृषि विकास बैंकको सञ्चालक समितिमा महेश आचार्य नियुक्त

६ पुस, काठमाडाैं। कृषि बिकास बैंकको सञ्चालक सदस्यमा महेश आचार्य नियुक्त भएका छन् । बैंकको पुस ५ गतेको बैठकले अर्थमन्त्रालयका सहसचिव आचार्यलाई संचालकमा नियुक्ति गरिएको हो ।

नेपाल सरकारको गत मंसिर २४ गतेको मन्त्रीस्तरीय बैठकबाट आचार्यलाई बैंकको संचालनकमा मनोनयन गर्ने निर्णय भएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य आचार्यलाई बैंक सञ्चालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका छन् ।

उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु डा राजेन्द्र प्रसाद मिश्र,गोविन्द भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाईं, रिता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति थियो ।

प्रकाशित मिति : December 22, 2023 at 1:16 pm