६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेपाल राष्ट्र बैंकमा ६७ जनाका लागि जागिरको अवसर (सूचनासहित)

६ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैंकमा ६७ जनाका लागि जागिर खुलेको छ । बैंकको मानव संशाधन तथा व्यवस्थापन विभागले शुक्रबार गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो । विभिन्न सेवा समूहमा कुल ६७ जनाका लागि दरखास्त आव्हान गरिएको छ ।

सूचनामा सहायक निर्देशक अधिकृत तृतीय प्रशासनमा १९ जना, सहायक निर्देशक लेखा परीक्षणमा ५ जना, सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक निर्देशक सूचना प्रविधिमा ६ जना, सहायक २० जना जना, सहायक कानुन ४ जना, सहायक सूचना प्रविधि ११ जना गरी कुल ६७ पदका लागि दरखास्त आह्वान गरिएको छ ।

यस्तो छ राष्ट्र बैंकको सूचना

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार ०९:१९