२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

राष्ट्रिय पर्यटन व्यवसायी संगठन बागमती प्रदेशमा नयाँ नेतृत्व (निर्वाचितको विवरणसहित)


५ पुस, काठमाडौँ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन बागमती प्रदेशको बिहीबार सम्पन्न दोश्रो अधिवेशनबाट विष्णु कार्कीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । बिहीबार ठमेलको मनाङ होटलमा भएको अधिवेशनबाट कार्कीको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो ।

नयाँ नेतृत्वमा निर्वाचित भएकाहरू अधिवेशनका अतिथिहरूसँग सामूहिक तस्बिर कैद गराउँदै । तस्बिरः प्रदीप आचार्य

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा वलराम सुवेदी चयन भएका छन । त्यस्तै उपाध्यक्षमा अग्निधर पोखरेल र पुष्पराज पराजुली चयन भएका छन । सचिवमा सुवास भण्डारी, कोषाध्यक्षमा संगीता खनाल उपसचिवमा भेषबहादुर बानिया र अर्जुन तामाङ चयन भएको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका केन्द्रीय सचिव प्रदीप आचार्यले दैनिकीलाई जानकारी दिए ।

उद्घाटन सत्रमा सम्बोधन गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे । तस्बिरः प्रदीप आचार्य

अधिवेशनबाट सदस्यहरूमा विवेक देवकोटा, सरोज सिलवाल, दिपेश श्रेष्ठ, अर्जुन तामाङ, रविन पाण्डे, मनोजकुमार गिरी, सुवास जिसी, सविता रिजाल, अनिल लामा तामाङ, तेन्जेङ तामाङ, सपना तामाङ, भोजबहादुर केसी, पवित्रा तामाङ्ग, वृद्धरत्न मानन्धर, रिगोपाल सापकोटा, दीपक भट्टराइ, गणेश शर्मा, सिजन घिमिरे, राजकुमार श्रेष्ठ, ललिता गुभाजु श्रेष्ठ, दावा साङ्गा शेर्पा र श्याम प्रसाद न्यौपाने चयन भएका छन ।

अधिवेशनमा सम्बोधन गर्दै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल । तस्बिरः प्रदीप आचार्य

अधिवेशनमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नेपाल यद्योग व्यवसायी महासंघका अध्यक्ष समेत रहेका एमाले कोशी प्रदेशका सदस्य एलपी शर्मा लिम्बु, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका इन्चार्ज समेत रहेका एमाले विशेष प्रदेश कमिटीका सदस्य सिएन पाण्डे लगायतले सम्बोधन गरेका थिए ।  अधिवेशनको सभापतित्व नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका कार्यबाहक अध्यक्ष राजेन्द्र सापकोटाले गरेका थिए ।

  

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार २०:४७