३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला नियुक्त

५ पुस, काठमाडाैं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्।

बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई अर्को कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो। साढे २ दशकदेखि बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलेका कोइरालाले करियरको छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन्।

कोइरालाको पहिलो कार्यकालमा माछापुच्छ्रे बैंकले वित्तीय सूचकांकमा उल्लेख्य सुधार गरेको छ। साथै बैंकले डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अब्बल साबित हुन सफल भएको छ।

हाल माछापुच्छ्रे बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ छ। बैंकले देशभर १६५ वटा शाखा सञ्जाल विस्तार गरी सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : December 21, 2023 at 6:10 pm