२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

प्रभु हेलिकप्टरले आइपीओ निष्काशन गर्ने


४ पुस, काठमाडौँ । प्रभु हेलिकप्टर लिमिटेडद्वारा साधारण सेयर (आइपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले आइपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हो ।

प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

६ करोड ६० लाख रुपैयाँ बराबरको १०० अंकित दरको ६ लाख ६० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्ने प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा पहिलो हेलिकप्टर कम्पनी हुने कम्पनीले जनाएको छ । यस कम्पनी पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार १९:३९