२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

शिवम् सिमेन्टद्धारा लाभांश घोषणा


३ पुस, काठमाडाैं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७९र ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । यसैगरी लाभांश पारित गर्न कम्पनीले पुस २७ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १९ गते बुक क्लोजको मिति समेत तय गरेको छ।

कम्पनीको हाल कायम चुक्तापूँजी ४ अर्ब ४० करोड छ ।कम्पनीले अघिल्लो आवमा सेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले ९करसहित० नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १७:०७