१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको छ: प्रधानमन्त्री ओली

२८ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनु भएका चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताउनु भयो । ‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोगकाे अपेक्षा गरिएको र त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा रहेकाे बताए ।

प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरण समेत गर्नु भएको छ । ‘हामी एउटै हिमालको वारी पारी बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं’ प्रधानमन्त्रीले भने ‘हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।’ चीनिया मन्त्री सुगाङले नेपाल भ्रमण बर्ष २०२० मा अधिकत्तम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको जानकारी गराए ।

गतबर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराए ।‘नेपालको परम्परागत र साँस्कृतिक सम्पदाको अवलोकनका लागि चीनियाहरु बढी आकर्षित छन्’ मन्त्री सुगाङको भनाइ उधृत गर्दै डा.भट्टराईले भने, ‘भूकम्पपछिको पून निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन फाइदा पुग्नेछ ।’

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १४:४५