२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

२ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नवनियुक्त मन्त्रीलाई सपथ ग्रहण गराउनुभएकाे हाे ।

सत्तारुढ दल कांग्रेस र एमालेबीचको सहमति अनुसार मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद हेरफेर गर्नुभएकाे हाे । नयाँ मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट जित शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्दु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएकाे छ ।

एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त हुनुभएकाे छ ।

प्रकाशित मिति : 12:52