मुक्तिनाथको शेयर मूल्य कारोबार खुलेको १० मिनेटमै १० प्रतिशतले बृद्धि
३ पुस, काठमाडाैँ । मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य कारोबार खुलेको १० मिनेटमै १० प्रतिशतले बढेको छ । कम्पनीको शेयर मूल्य मंगलबार विहान कारोबार खुलेसँगै बढ्न शुरु भएका थियो । शेयरमूल्य २३ रुपैयाँ ७० पैसाले बढेर २६१ रुपैयाँ ५० पैसामा पुगेको छ ।
प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार ११:२८












