११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

क्रिकेटको मैदानमै एन्काको उत्सव (फोटो फिचर सहित)

एडिलेड । एडिलेड नेप्लिज  क्रिकेट एशोसियसन(एन्का)ले आइतवार आफ्नो नवौ बार्षिक उत्सव तिनवटा क्रिकेट मैदानमा मनाएको छ ।

बिहान भएको एन्का जेम्स( १० बर्ष मुनी) को खेल स्थल फोर्ब्स प्राइमरी स्कूलको खल मैदान, एन्का जेम्स (१२ बर्ष मुनी) को खेल स्थल इपी नाजर रिजर्भ र २०२३/२०२४ को जारी एक्सपर्ट सुपर लिगको खेल स्थल भिक्टोरिया पार्क खेल मैदानमा एन्काको लागो सहितको केक काटेर बार्षिक उत्सव मनाईएको थियो ।

बार्षिक उत्सवको सन्दर्भमा एन्का अध्यक्ष बिजय जोशीले २०१४ मा १६ जना सदस्यबाट सुरु भएको एन्का अहिले ६ वटा क्लव सहित ४०० भन्दा बढि प्रत्यक्ष जोडिएका व्यक्तिहरुको संस्था भएको भएको बताउदै संस्थालाई यहा सम्म ल्याउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन् । अध्यक्ष जोशीले सबैका लागि क्रिकेट र समुदायको सहयोगमा समुदयकै लागि केहि गर्ने उद्देश्यमा स्थापना काल देखी लागि रहेको बताए ।

उनले पछिल्लो समय स्थानिय क्रिकेट क्लवहरुमा विस्तारै एन्काका खेलाडीहरुले ठाउ पाउदै गएकाले आफुहरु सहि बाटोमा अगाडि बढेको महसुस भएको बताउदै आगामी अझै पनि नेपाली समुदायका खेलाडीहरुलाई अष्ट्रेलियाका विभिन्न टिम क्लवहरुमा व्यवसायीक रुपमा अगाडी बढ्न मार्ग दर्शकका रुपमा भुमीका खेल्ने बताए ।

प्रकाशित मिति : December 18, 2023 at 12:57 pm