७ असार २०८३, आइतबार | Mon Jun 22 2026

आइएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा स्तानान्तरण

२९ मंसिर, काठमाडाैं।आइएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका-१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्तानान्तरण गरेको छ ।

उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन शुक्रबार सम्पन्न भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरेका छन्

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्लेलगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानीयको सहभागिता थियो ।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्थरीय सेवा सुविधा प्राप्त गर्ने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : December 15, 2023 at 4:52 pm