३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

वैदेशिक रोजगारमा रहेका र जान लागेकालाई समृद्धि फाइनान्सबाट रेमिट्यान्स भित्र्याउन सहजीकरण


२९ मंसिर, काठमाडाैं । वैदेशिक रोजगारमा रहेका र जान लागेकालाई समृद्धि फाइनान्सबाट रेमिट्यान्स भित्र्याउन सहजीकरण हुने भएकाे छ । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीहरुलाई समृद्धि फाइनान्सबाट सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउने तथा अन्य बैकिङ्ग कारोबारमा सहजिकरण गर्नका लागि समृद्धि फाइनान्स र स्किल्ड आम्र्स फर ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ्ग एण्ड क्लिनिङ्ग सर्भिसेसका व्यवस्थापक गंगा प्रसाद ढकाल बिच समझदारी भएको छ । उनीहरूकाे बीच समृद्धि फाइनान्स काठमाडौंमा समझदारी भएको हाे ।

उक्त समझदारी अन्तर्गत कतारमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले समृद्धि फाइनान्स मार्फत आफ्नो परिवारको खाता वा सिधै आफ्नै खातामा रेमिट्यान्स पठाई अनेक बैकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्ने छन् । यसरी नियमित रेमिट्यान्स प्राप्त गर्ने परिवारले आवश्यकता अनुसार जुनसकै कर्जा सहज रुपमा सहुलियत दरमा बिना झन्झट लिन सक्ने छन् ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १०:३०