१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

२७ मंसिर, काठमाडौं ।  साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६० अंकले बढेर एक हजार ९ सय ८८ दशमलब ४ विन्दुमा बन्द भएको छ । बुधबार २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजार बढेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये १३४ कम्पनीको सेयरमूल्य बढेको छ । बोटलर्स नेपाल, मोलुङ्ग हाइड्रोपावर र घलेमी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १५:२४