१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

शिवम् सिमेन्ट र सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

२६ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८६अकंले बढेर १९८५.४४ बिन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा बढ्दा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ७ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको १५ करोड १० लाख २९ हजार हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ३५ लाख ७८ हजार रुपैयाँ, माउन्टेन इनर्जी नेपालको ११ करोड ९७ लाख ६३ हजार रुपैयाँ र सोल्टी होटलको ११ करोड ८१ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : December 12, 2023 at 3:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/