२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

ललितपुरको झम्सिखेलमा लागूऔषध कारोबारीलाई समात्न गोली चल्यो, एक जना पक्राउ

२६ मंसिर, काठमाडाैं । ललितपुरको झम्सीखेलमा गोली चलेको छ।  ललितपुरमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।

पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्। राईको दाहिने खुट्टामा गोली लागेको छ। उनको साथबाट आइस ड्रग बरामद भएको प्रहरीले जनाएको छ । राईलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति : December 12, 2023 at 1:46 pm