१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सामुदायिक लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली !

२६ मंसिर, काठमाडाैं। सामुदायिक लघुवित्तले लाभांश नदिने भएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७९ /८० को सञ्चित मुनाफाबाट  सेयरधनीका लागि लाभांश नबाँड्ने भएको हाे ।

कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको हो। सोहि बैठकले वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरणहरु स्वीकृत भएपछि कम्पनीले साधारणसभा बोलाउने निर्णय गरेको हो।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित मिति : December 12, 2023 at 11:47 am