१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

गुराँस लघुवित्तले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

२६ मंसिर, काठमाडाैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्नो आठौं वार्षिक साधारणसभा पुस १८ गते बुधबार बिहान ११ बजे धनकुटाको भेडेटार भिलेज रिसोर्टमा बाेलाएकाे हाे । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश नबाँड्ने भएकाे । त्यसैले कम्पनीले साधारण सभामा लाभांश सम्बन्धी कुनै एजेण्डा राखेकाे छैन् ।

सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागि हुन सक्नेछन्।

प्रकाशित मिति : December 12, 2023 at 9:59 am