आईसीएफसी फाइनान्सले घोषणा गर्यो लाभांश, नगद कति ?
२४ मंसिर, काठमाडौं।आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीको गत मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।
प्रकाशित मिति : December 10, 2023 at 10:38 am









