७ असार २०८३, आइतबार | Mon Jun 22 2026

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले भुक्तानी गर्यो मृत्यु दाबी वापत ३१ लाख २० हजार

२२ मंसिर, काठमाडाैं। रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले एक बीमितका परिवारलाई मृत्यु दाबी वापत ३१ लाख २० हजार रुपैयाँ प्रदान गरेको छ ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका- १ ब्रम्हडाँडाका अनिल कुमार चौधरीको ४० वर्षको उमेरमा ह्रदयघातबाट निधन भएपछि परिवारलाई कम्पनीले मृत्यु दाबी बापत उक्त रकम बराबरको चेक घरमा पुगेर हस्तान्तरण गरेको हो ।

सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र शर्माले एक समारोहका बीच मृतकको परिवार सुशिला चौधरीलाई बीमा दाबीको रकम हस्तान्तरण गरेका हुन् ।

मृतक चौधरीले कम्पनीका एमडीआरटी उमेश गिरी मार्फत ३० लाख बीमांकको बीमा लेख खरिद गरेका थिए । निजले दुई किस्तावापत ३ लाख १४ हजार रुपैयाँ प्रिमियम जम्मा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मेयर शर्माले बीमा कम्पनीहरुले दावी भुक्तानी गर्न आलटाल गर्छन् भन्ने गुनासोलाई घरमै गएर दावी भुक्तानी गरी जवाफ दिएको बताए।

उनले बीमा हुने खानेभन्दा हुदाँ खाने बर्गलाई झन बढी आवश्यक पर्ने बताउँदै बीमाको दायरा बढाउन बीमा कम्पनीहरु गाउँ- गाउँ जानुपर्ने बताए ।

कार्यक्रममा कम्पनीको लुम्बिनी प्रदेशका उप प्रमुख ईश्वर पाण्डेय, मणिग्राम शाखाका प्रमुख विष्णु मुराउ, माधव भुसाल तथा सिनियर एजेन्सी शालिकराम वोस्ति, बुटवल शाखाका मार्केटिङ अफिसर गणेश प्रसाद पाण्डे, महेन्द्र थापा, भैरहवा शाखाका प्रमुख गणेश गैरे, देवदह शाखाका प्रमुख कमला रायमाझि, मुर्गिया शाखाका प्रमुख रेशम शाह, जीतपुर शाखाका प्रमुख राम प्रसाद अधिकारीको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : December 8, 2023 at 1:32 pm