१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

विमानस्थलबाट बरामद १४ किलो सुनबारे छानबिन गर्न समिति गठन

२२ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विमानस्थलमा बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।

बिहीबार राति प्रहरीले करिब १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेकाे थियाे । दूबईबाट आएका गोरखा, बारपाकका घलेको साथबाट प्रहरीले दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद गरेकाे थियाे ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १२:५५