१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

१४ किलो सुनसहित विमानस्थलबाट पक्राउ परे चन्द्र घले

२२ मंसिर, काठमडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । प्रहरीले सुन ल्याउन भरियाको रूपमा प्रयोग भएका चन्द्र घले पक्राउ परेका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको जानकारी दिए ।

प्रहरीले सुन धनी मिन घलेलाई पनि पक्राउ गरेको चन्दले बताए । विशेष सूचनाका आधारमा खटिएको विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ०८:५४