१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेमा एक लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

२१ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा बिहीबार स्वावलम्बन लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

नेप्सेले स्वावलम्बन लघुवित्तको १२.३५९९ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६४० रूपैयाँ ८९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७२० रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १६:३२