१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

समृद्धि फाइनान्सले ल्यायो ‘समृद्धि सुरक्षित जीवन बचत खाता’, यस्ता छन् सुविधा

२१ मंसिर, काठमाडौं ।  समृद्धि फाइनान्सले खाता खोल्ने ग्राहकलाई बीमा पनि, बचत पनि “समृद्धि सुरक्षित जीवन बचत खाता” सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत समृद्धि सुरक्षित जीवन बचत खाता (सरल) र समृद्धि सुरक्षित जीवन बचत खाता (स्वर्णीम) भनी दुईवटा बचत खाता रहेका छन्।

जीवन बचत खाता (स्वर्णीम) मा न्यूनतम ५० हजार राख्नुपर्ने र ७ लाख सम्मको दुर्घटना बीमा तथा १ लाख रुपैयाँसम्मको औषधोपचार बीमा सुविधा लिन सक्नेछन्। त्यस्तै, सुरक्षित जीवन बचत खाता (सरल) मा न्यूनतम १० हजार रुपैयाँ राख्नुपर्ने र ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा हुनेछ ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ताडिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १५:४९