१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

कहिलेसम्म कायम सेयरधनीले पाउछन् स्वावलम्बन लघुवित्तको लाभांश ?

२१ मंसिर, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभाश वितरण प्रयोजनार्थ भोली मंसिर २२ गते बुक क्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता हुन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले पुस ४ गते बिहान ११ बजे २२ औ साधारणसभा बोलाएको छ। सभाले लघुवित्तले हाल कायम चुक्ता पूँजीको १२.३५९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५०५ प्रतिशत नगद लाभांश गरी १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ। बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ।

यसैगरी, सभाले अन्य लघुवित्तसँग मर्जरमा जानको लागि बाटो खुल्ला गर्ने, एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्नको लागि आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १०:११