२९ माघ २०८१, मंगलवार | Tue Feb 11 2025

समृद्धि फाइनान्सका ग्राहकले गौतम बुद्ध पोलिक्लिनिक र हाम्रो केक तथा डेरीमा भारी छुट पाउने

२० मंसिर, काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले गौतम बुद्ध पोलिक्लिनिक प्रा.लि. खरेन्द्रपुर, कपिलवस्तु र हाम्रो केक तथा दुध डेरी खरेन्द्रपुर, कपिलवस्तुसँग समझदारी गरेको छ । फाइनान्सले उक्त कम्पनीहरूसँग मंसिर १९ गते समझदारी गरेको हो ।  सो समझदारी पत्रमा फाइनान्सका तर्फबाट खरेन्द्रपुरका शाखा प्रमुख संगिन गैरे,गौतम बुद्ध पोलिक्लिनिक प्रा.लि का तर्फबाट व्यवस्थापक प्रमुख बाबुराम भुषाल र हाम्रो केक तथा दुध डेरीकातर्फबाट सीतादेवी खासुले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी अन्तर्गत समृद्धिका ग्राहकहरुले १ बर्ष (२०८०/०८/ १९ गतेदेखि २०८१/०८/१८ गते) सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा QR प्रयाेग गरी वस्तु तथा सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।  फाइनान्सका सम्पुर्ण ग्राहकहरुले गौतम बुद्ध पोलिक्लिनिक प्रा.लि. मा नियमित ओ.पि.डि. चार्जमा १०० प्रतिशत छुट, वेड चार्जर / X-Ray चार्जर ल्याब चार्जमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

साथै हाम्रो केक तथा दुध डेरीमा सबै किसिमका बेकरी प्रोडक्टमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।  नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ताडिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १४:३९