३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

दैनिक नयाँ रेकर्ड बनाउदै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१८ मंसिर, काठमाडौं । सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ। आइतबार प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले सोमबार त्यो रेकर्डलाई तोडेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर  छापावाला सुन प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ  र तेजाबी सुन प्रतितोला १ लाख २१ हजार १०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

मंसिर लागेयता नै सुनको मूल्य बढ्दै गएको छ। सुनको मूल्य अत्याधिक महँगो हुँदा बजारमा सुनको माग भने केहि कम भएको व्यवसायीहरु बताउछन्। सोमबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : December 4, 2023 at 11:17 am