२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

निफ्राले बोलायो साधारण सभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

१५ मंसिर, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकले पुस १७ गते अनुपमा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : 10:07