१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

तल्लो तहका प्रहरीको सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रदेश सरकारलार्इ प्रत्यायोजन

२७ कात्तिक, काठमाडाैँ । संघीय सरकारले तल्लो तहका प्रहरीको सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रदेश सरकारलार्इ प्रत्यायोजन गरेको छ । संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीको सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको हो । मन्त्रिपरिषद बैठकले ‘प्रदेश प्रहरी, प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी कार्यकारी आदेश’मार्फत यस्तो अधिकार गृह मन्त्रालयले जनाएको छ ।

केन्द्रीय प्रहरीको ऐन तथा नियमावलीमा रहेको सरुवा मापदण्डअनुसार प्रदेशभित्र प्रहरी नायब निरीक्षक (सई)सम्मको सरुवाको अधिकारी प्रदेशलाई दिइएको छ । प्रदेश सरकारले प्रहरीको सरुवा गर्दा इन्चार्जबाट इन्चार्जमा सरुवा गर्न पाउने छैनन्। त्यस्तै, दुर्गमबा सुगममा तथा सुगमबाट दुर्गममा सुरुवा गर्नुपर्ने मापदण्ड छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कात्तिक २० मा कार्यकारी आदेशबारे प्रदेशहरुलाई परिपत्र गरिसकेको छ।

प्रकाशित मिति : November 13, 2018 at 9:22 am