१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण

२७ कात्तिक, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेको सबै कुकुरलाई बन्ध्याकरण गरेको छ। महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहादामा रहेका व्यक्तिको निवास र कार्यालयलाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गर्ने योजनाअनुसार महानगरपालिकाले प्रधानमन्त्री निवासभित्र रहेको २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो।

मनुमित्र कार्यक्रमअनुसार महानगरपालिकाले ती कुकुर व्यवस्थित गरेको हो। मनुमित्र कार्यक्रममा भेटेरिनरी कोअडिटेर प्रवीण थापाले महानगर र गुडल इन्स्टिच्युटको सहकार्यमा ती कुकुरलाई उपचारसहित बन्ध्याकरण गरिएको जानकारी गराए।

प्रधानमन्त्री निवासले निवास परिसरमा रहेको सबै कुकुर व्यवस्थापन गर्न आग्रह गरेपछि सबै कुकुरलाई बन्ध्यकरण गरिएको छ। बन्ध्याकरण गरिएका सबै कुकुर स्वास्थ्य भएपछि पुनः प्रधानमन्त्री निवास परिसरमै छाडिने भएको छ।

प्रकाशित मिति : November 13, 2018 at 9:16 am