३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न रहेको अारोपमा पाँच जना पक्राउ

२७ असोज, उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नंं ३ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालार्इ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वको टोलीले बलात्कारपछि हत्याको अारोप लागेका पाँच युवालार्इ पक्राउ गरेको हो । उदयपुरका एसपी चन्द्रदेव राईले शंका लागेका पाँच युवा र तालिम प्राप्त कुकुरसहित शव लिएर टोली फर्केको र अनुसन्धान भैरहेको बताए ।

गएको शनिबार दिउँसो बाख्रा चराउनका लागि गएकी बालिका आइतबार दिउँसो गाउँको अमला जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी उदयपुरले प्रहरी नायव उपरीक्षकसहितको तालिम प्राप्त कुकुरसहितको टोली अनुसन्धानको लागि पठाएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार ०८:५४