८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दुई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

१० मंसिर, काठमाडौं। राष्ट्रियस्तरका विभिन्न दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते आइतबार अन्तिम दिन रहेको छ ।

यी दुवै बैंकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन् । यी बैंकले वितरण गरेको लाभांश लिन चाहानेहरूले आजसम्ममा यी बैंकको सेयर खरीद गरी सेयरधनी कायम भइसक्नुपर्नेछ ।

यी दुवै बैंकले उक्त लाभांश पारित गर्न साधारणसभा आह्वान गरिसकेका छन् । यी बैंकहरूको साधारणसभा र लाभांश प्रयोजनाका लागि  मंसिर ११ गते बुक क्लोजको मिति तोकेका छन् । यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले  यी बैंकले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर २४ गते काठमाडौंको लैनचौर ब्यांक्वेटमा आफ्नो १९ औं वार्षिक साधारणसभा बोलाएको छ ।सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार गत वर्षको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करबापतको ०.२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

यसैगरी, साइन रेसुंगा डेभलपमेन्ट बैंकले  मंसिर २३ गते रुपन्देहीको मणिग्रामस्थित डिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रालिमा आफ्नो १५ औं साधारणसभा बोलाएको छ । सभाले बैंकले सेयरधनीलाई घोषणा गरेको  १०.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार ०९:४२