२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

राम्ररी हिँडडुल गर्न समेत नसक्ने नुवाकोटकी अपांग महिला बलात्कृत

२६ कात्तिक, नुवाकोट । नुवाकोटको  पन्चकन्या गाउँपालिकामाअपांग महिला बलात्कृत भएकी छिन् । राम्ररी हिँडडुल गर्न समेत नसक्ने २७ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा पन्चकन्या–२ कबिलासका ४० वर्षीय नवराज पण्डितलाई प्रहरीले पक्राउ गरेको हो। पण्डितमाथि कार्तिक १२ गते सोमबार घरमा कोही नभएको बेला पार्वती खनाल नाम गरेकी महिलालाई बलात्कार गरेको अभियोगलागेकाे छ।

घटनाको नौ दिनपछि प्रहरीमा परेको जाहेरीले नवराज पण्डितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले बताए । आमा घाँस काट्न गएका बेला पण्डितले अपांग महिलालाई बलात्कार गरेको प्रहरीले भनाई छ । महिला बलात्कृत भएको जानकारी वडा कार्यालयमा आएको र आफुले नै संवेदनशिल बिषय भएकाले प्रहरीमा उजुरीको लागी पठाएको वडाध्यक्ष धुर्वप्रसाद मिश्रले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार १५:४१