२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बालाजु अटो वर्क्स व्यापार क्षेत्रमा सबैभन्दा बढी कर बुझाउने कम्पनी


७ मंसिर, काठमाडौँ । बालाजु अटो वर्क्स प्रालि व्यापार क्षेत्रमा सबैभन्दा बढी कर बुझाउने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले विभिन् क्षेत्रका सबैभन्दा बढी कर दाखिला गर्ने कम्मपनीलाई सम्मानित गरेको हो ।

बिहीबार राष्ट्रिय कर दिवसको अवसरमा अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स प्रालि आय वर्ष २०७८/७९ का लागि करदाताहरुमध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी घोषित भएको हो । सो अवसरमा आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मालाई सम्मानपत्र प्रदान गर्दै धन्यवाद दिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार २१:४७