बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
६ मंसिर, काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंकले सात दिने निक्षेप संकलन उपकरण मार्फत मंसिर ६ देखि १३ गतेसम्मका लागि १० अर्ब निक्षेप संकलन गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य संस्था तथा सर्वसाधारण नागरिकले आज बुधबार अपरान्ह २ बजेसम्म आवेदन दिन सक्ने बैंकले जनाएकाे छ ।
लगानीकर्ताले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् ।
निक्षेपको साँवा ब्याज भुक्तानी आगामी मंसिर १३ गते हुनेछ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम तान्न लागेको हो। कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ ।
प्रकाशित मिति : November 22, 2023 at 1:34 pm










