८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

बैंकहरुले २ प्रतिशत भन्दा बढी ब्याज फरक पार्न नपाउने, राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

५ मंसिर, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले २ प्रतिशतभन्दा माथि ब्याजदर बनाउन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई एकै प्रकारका कर्जामा ऋणीहरुबीचको ब्याजदर अन्तर २ प्रतिशत भन्दा बढीले फरक नपार्न भनेको हो ।

‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरूका बीच ब्याजदरमा अत्यधिक असमानता देखिएकोले यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी २ प्रतिशतभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ’, राष्ट्र बैंकले जारी गरेको सुचनामा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरु बुझेर मात्र कर्जा लिनसमेत राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत गराएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १४:३६