११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

श्रीमतीकाे हत्या गर्ने दुर्गाबहादुर घर्ती रुपन्देहीबाट पक्राउ

२५ कात्तिक,पोखरा । कास्कीमा आफ्नै श्रीमतीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । यही कात्तिक २२ गते पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीडाँडामा डेरा गरी बस्ने ३२ वर्षीय शर्मिला घर्तीमगर कोठामा मृतावस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान बढाएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा मृतकको श्रीमान दुर्गाबहादुर घर्तीले दुई छोरा र एक छोरी लिई फरार रहको पाइएपछि खोजी तीव्र बनाइएकामा उनलाई कात्तिक २३ गते रुपन्देहीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । गुल्मीको साबिक सिर्सेनी–८ घर भई विगत २ वर्षदेखि ग्रिल उद्योगमा काम गर्दै आएका दुर्गाबहादुरको भाग्न सक्ने सम्भावित क्षेत्र एवम् सम्पर्क गर्ने व्यक्ति समेतको अनुसन्धानबाट उनलाई पक्राउ गरिएको गुरुङले जानकारी दिनुभयो । निजको कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 11, 2018 at 7:44 pm