सर्वोच्चमा भीडन्तको संकेत, स्वार्थसमूहको चलखेलले न्यायालय बद्नाम
१ चैत, काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद्का सचिवले सार्वजनिक गरेपछि सर्वोच्च अदालतमा भीडन्तको संकेत देखिएको छ । प्रधानन्यायाधीश पराजुलीले न्यायपरिषद्का सचिव नृपध्वज निरौलाको पत्रलाई असंबैधानिक भन्दै अस्वीकार गर्ने जनाएका छन । र उनले आज पनि नियमित रुपमा सर्वोच्च अदालतमा गएर कार्यसम्मापदन गर्ने जनाएका छन ।
न्यायपरिषद्को सात महिना अघि नै पराजुली अवकाश भएको पत्रपछि आफू स्वतः कामु प्रधानन्याधीश भएको दाबी गर्ने दीपकराज जोशीले पनि आफूले कार्यसम्पादन गर्ने बताएका छन ।
प्रधानन्याधीशको कुर्सी एउटामात्र रहेको र दुबैले आफू प्रधानन्यायाधीश रहेको दाबीसहित कार्यसम्पादन गर्ने बताएपछि आज सर्वोच्चमा भीडन्तको संकेत देखिएको छ । पराजुली र जोशी आफैँ आमनेसामने नभिडे पनि उनका समर्थहरुले सर्वोच्चमा तमाशा गर्ने देखिएको छ । प्रहरीले भने सुरक्षा अवस्थालाई मजबुद बनाउने तयारी गरेको छ ।
गोपाल पराजुलीले आफू नै प्रधानन्यायाधीश रहेको र वरिष्ठतम् न्यायाधीश दीपक जोशीले आफू स्वतः कायममुकायम भइसकेको दाबी गर्दैगर्दा अब प्रधानन्यायाधीशको कुर्सीमा को बस्छ भन्ने विषयमात्र पेचिलो बनेको छैन इतिहासमै न्यायल बद्नाम बनेको छ ।
यसैबीच सर्वोच्च अदालतको वेवसाइट अनुसार प्रधानन्यायाधीशमा गोपाल पराजुलीनै कामय रहेका छन ।
प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ०९:४२