धादिङमा एचअार्इभी संक्रमित महिलाको शव पोष्टमार्टम गर्न चिकित्सकद्धारा इन्कार
२५ कात्तिक, काठमाडाैँ । धादिङ जिल्ला अस्पतालका चिकित्सकले एचअार्इभी संक्रमित महिलाको शब पोष्टमार्टम गर्न इन्कार गरेका छन । एचआईभी संक्रमित महिलाले विष सेवनबाट आत्महत्या गरेपछि उनको पोस्टमार्टम गर्न जिल्ला अस्पतालका चिकित्सकले इन्कार गरेका हुन ।
रक्षा दिने किसिमको कपडालगायतका सामाग्री नभएकोले शिक्षण अस्पताल पठाइएको डाक्टर पुष्कर पन्तले बताएका छन । उनले पत्रकारहरूलार्इ अाक्रोशित हुँदै भने ‘म गर्न सक्दिन भनेपछि किन धेरै सोधिखोजी गर्न आएको ? एचआईभी संक्रमित भएकोले मलाई सर्ने खतरा हुन्छ त्यसैले शिक्षण अस्पतालमा रिफर गरिएको हो ।’

नीलकण्ठ नगरपालिका वडा नं ५ की एचआईभी संक्रमित ३७ वर्षीया कोपिला श्रेष्ठले तरकारी बालीमा हाल्न ल्याइएको किटनाशक औषधि खाएपछि शुुक्रबार उपचारको लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको थियो । काठमाडौं लैजाँदै गर्दा धार्के बजारमा पुग्दा मृत्यु भएपछि प्रहरीले जिल्ला अस्पताल फर्काएको थियो ।
प्रकाशित मिति : 13:57









