२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

२४ कात्तिक, काठमाडौं। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा बोलाएको छ । कात्तिक २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्नो १५ औँ वार्षिक साधारणसभा मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्ताव गरेको हाल कायम चुक्तापुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश गरी कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

साथै, सभाले बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

शाइन रेसुंगा र अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर ११ गतेदेखि मंसिर २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : November 10, 2023 at 10:31 am