१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

धौलागिरी लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२४ कात्तिक, काठमाडौं। धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८०को लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनीले आफ्नो वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : November 10, 2023 at 9:51 am