८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश , बोनस र नगद कति ?

२३ कात्तिक, काठमाडौं । । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कात्तिक २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १०:०५