१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

महालक्ष्मी विकास बैंकद्वारा भूकम्पपीडितलाई १० लाख सहयोग

२२ कात्तिक, काठमाडाैं। महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरुको सहायताका लागि १० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको हो।

महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थमन्त्री प्रकाशशरण महतलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका छन्।

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बैंकले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित मिति : November 8, 2023 at 3:50 pm