१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सपोर्ट लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

२२ कात्तिक, काठमाडा । सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८२१ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीक चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृछिपति आगामी नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १०:३०