८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लाभांश वितरण नगर्ने कामना सेवा विकास बैंकको निर्णय, सेयरधनीको हाल खालि

२२ कात्तिक, काठमाडौं ।  कामना सेवा विकास बैंकले सेयरधनीहरूको हात खालि बनाउने भएको छ । कात्तिक २१ गते मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यो हिसावले यो आर्थिक वर्षमा यस बैंकका सेयरधनीहरूको हात खालि हुने भएको हो ।

उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरणहरु अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

साथै, राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंकले गरेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १०:१३