सेयरधनीको हात खालि बनाउँदै एलआईसी नेपालले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
२१ कात्तिक, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआईसी नेपाल) ले वार्षिक साधारणसभा बोलाएको छ । हकप्रद सेयर निष्काशन गर्न लागेको यस कम्पनीले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभामंसिर १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः१५ बजेबाट सुरु हुनेछ।
कम्पनीले आर्थिक वर्ष २०७८र७९का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। त्यसैले यो बर्ष सेयरधनीको हात खालि हुने छ । त्यसैले सभामा लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव पेस हुने छैन। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले वार्षिक साधारणसभामा सहभागि हुन पाउनेछन्।
कम्पनीले चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४८ प्रतिशतले हुने अर्थात् १ः०.८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएको छ।
प्रकाशित मिति : November 7, 2023 at 10:53 am



