२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

निफ्राले घोषणा गर्यो लाभांश, कति दिने भयो नगद ?

२१ कात्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८०को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : November 7, 2023 at 10:12 am