८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपालले टस जित्यो, ओमानविरूद्ध पहिले ब्याटिङ गर्ने

१९ कात्तिक, काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ । र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल र ओमान दुवै सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा छनोट भइसकेका छन् । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । नेपालले दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरालाई स्थान दिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार ११:१४