८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

विश्वकप छनोटका लागि युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

१७ कात्तिक, काठमाडाैं । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो । युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए। नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १२:४५