३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

कांग्रेस नेता रिगल डन नेपालगञ्जबाट पक्राउ

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरेको हाे ।

संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो। बिहीबार सर्वोच्च अदालतले रिगलको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले रिगललाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : 16:51