ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य
१६ कात्तिक, काठमाडाैं । आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा ओमानले निर्धारित २० ओभमा नौ विकेट गुमाउँदै एक सय ४५ रनको योगफल बनायो ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानका लागि जिशान मकसुदले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रनको योगदान दिए । त्यस्तै नसिम खुसीले २५ रन बनाए भने प्रतीक अथभलले २४, सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए ।
नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए । त्यस्तै गुलशन झा र अभिनाश बोहोराले समान एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङ गरिहेको छ ।
प्रकाशित मिति : November 2, 2023 at 10:45 am










